आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ८, २०७३
|
|
१६१ पटक हेरिएको
Shares
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै

सारांश

  • नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) नियुक्तिबारे सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ ।
  • सोमबार पूर्ण इजलासमा बहस सकिएपछि अदालतले आज फैसला गर्न लागेको हो ।
  • सोमबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र  दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) नियुक्तिबारे सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ । सोमबार पूर्ण इजलासमा बहस सकिएपछि अदालतले आज फैसला गर्न लागेको हो ।

सोमबार प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र  दाहाल र रेवती त्रिपाठीले बहस गरेका थिए ।

रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए । सिलवालका तर्फबाट बऽीबहादुर कार्की, तुलसी भट्ट, भीमार्जुन आचार्य र टिकाराम भट्टराईले बहस गरेका थिए ।

सरकारले माघ ३० गते डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । तर, ढकालले दायर गरेको रिटमा प्रधानन्यायाधीश कार्कीको एकल इजलासले त्यही दिन निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।

प्रहरी प्रमुखका अर्का दावेदार सिलवालले पनि माघ ३० गते नै अर्को रिट दायर गरेका थिए । त्यसमा पनि प्रधानन्यायाधीश कार्कीकै इजलासले सुुनुवाई गर्दै चन्दलाई पदस्थापन नगर्न अर्को आदेश दिएको थियो ।

फागुन १८ गते हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक
पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
के कारणले दशैमा बेच्न ल्याइएको खसी, बोका बिक्री हुन सकेन ?
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
भारतले बुद्ध जन्मेको भ्रम बेच्न छाडेन
आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !
आयुर्वेद अस्पतालका प्रमुख डाक्टर नक्कली !
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
जिल्ला अस्पताल भवन निर्माणमा ढिलाइ, चिकित्सक पनि अपुग
कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित
कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित
कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित
कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

तपाईंले छुटाउनुभयो कि?