आचारसंहिता विपरीतका प्रचार सामग्री बरामद

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४८ पटक हेरिएको
Shares
आचारसंहिता विपरीतका प्रचार सामग्री बरामद

सारांश

  • सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ ।
  • निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो ।
  • उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्रचौकमा झुण्ड्याइएका उम्मेदवारका तस्बीरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिताविपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ ।

निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो । उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्रचौकमा झुण्ड्याइएका उम्मेदवारका तस्बीरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै, राजविराजका विभिन्न ठाउँमा लगाएको पोस्टर, पम्प्लेट र चुनाव चिह्न अंकित सामग्रीसमेत बरामद गरिएको प्रजिअ पाण्डेयले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले कारबाहीस्वरुप जिल्लाका सार्वजनिकस्थल, मठमन्दिर, विद्यालय, सरकारी कार्यालय तथा विद्युतीय पोलमा उम्मेदवारले लगाएका पर्चा–पोस्टरसमेत हटाइएको प्रजिअ पाण्डेयले जानकारी दिनुभयो ।

उम्मेदवार तथा दलका नेताहरुलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि कारबाहीस्वरुप पर्चा–पोस्टर बरामद गरिएको उहाँले भन्नुभयो ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले सप्तरीमा उम्मेदवार र राजनीतिक दलले व्यापकरुपमा आचारसंहिता विपरीत कार्य गरेको पाएकाले कारबाही गर्न आफू पनि बाध्य भएको बताउनुभयो । सप्तरीमा प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठ गरी १२ पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हतुवागढीको माइबेनी ओझेलमा
हतुवागढीको माइबेनी ओझेलमा
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
आजको मौसमः कतै भारी बर्षा तथा कतै छिटपुट बर्षा हुने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
फेसबुकमा चरित्रहत्या गरेको भन्दै नवीना लामाद्वारा प्रहरीमा उजुरी !
फेसबुकमा चरित्रहत्या गरेको भन्दै नवीना लामाद्वारा प्रहरीमा उजुरी !
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
किबी खेतीतर्फ आकर्षित सिन्धुपाल्चाेकका किसान !
किबी खेतीतर्फ आकर्षित सिन्धुपाल्चाेकका किसान !
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने

तपाईंले छुटाउनुभयो कि?