आजदेखि कोरियाली भाषा परीक्षा आवेदन खुला

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
६५ पटक हेरिएको
Shares
आजदेखि कोरियाली भाषा परीक्षा आवेदन खुला

सारांश

  • काठमाडौं।
  • रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ।
  • भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ।
काठमाडौं। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ। भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन्। त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९/ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ। आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्। आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ। त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ। आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ। आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ। सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ। पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो। उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने  गरेको खुलासा
मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर बेच्ने गरेको खुलासा

तपाईंले छुटाउनुभयो कि?