आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
आजदेखि भारतमा लोकसभा चुनाव कसले मार्ला बाजी !

सारांश

  • काठमाडौं ।
  • भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ ।
  • सात चरणमा हुने चुनावको कसको पक्षमा होला भन्ने अनेक अड्कलबाजी र चर्चा शुरु भैसकेको छ ।

काठमाडौं । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा हुने चुनावको कसको पक्षमा होला भन्ने अनेक अड्कलबाजी र चर्चा शुरु भैसकेको छ ।

मुख्य प्रतिस्पर्धीको रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेस देखिएका छन् ।निर्वाचनका लागि भाजपाका नरेन्द्र मोदी र कंग्रेसका राहुल गान्धीलाई नेताका रुपमा अगाडि सारिएको छ । 

भारतमा मात्र नभई नेपालमा समेत भारतको चुनावको चर्चा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका चुनावी वाचाहरु सम्झिएका छन् । मोदीले अघिल्लो चुनावमा गरेका वाचा र काम बीचको लेखाजोखा गरिरहेका छन् ।

मोदीका वाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस, अन्य दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप प्रमाणित भए भएनन भन्ने चर्चासमेत चलेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले सरकार निर्माण गर्नेगरी बहुमत ल्याउँछ वा ल्याउँदैन भन्ने विषय तडकारो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?