आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १७, २०८१
|
|
६१ पटक हेरिएको
Shares
आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

सारांश

  • काठमाडौं।
  • भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्।
  • शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

काठमाडौं। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजको दिन थोरै दान गरेपनि हजारौं गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। अरु दान दीन दुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतसमेतबाट हजारौं भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तका बुवालाइ बुझाए बाबुराम भट्टराईले एक लाख
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
ओहोदाको प्रमाणपत्र प्रस्तुत
ओहोदाको प्रमाणपत्र प्रस्तुत
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
भारतीय पक्षले अनधिकृतरुपमा नेपाली भूमि जाँच गरेकाेबारे छानबिन गर्न माग
आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

तपाईंले छुटाउनुभयो कि?