आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
सारांश
- शिखरन्यूज, काठमाडौं, २० फागुन – आज संघीय संसदको पद तथा गोपनीयताको सपथ ग्रहण हुँदैछ ।
- मंसिर १० र २१ मा भएको प्रतिनिधिसभाको चुनावबाट प्रत्यक्ष, समानुपतिक तर्फबाट निर्वाचित सांसदहरु र राष्ट्रियसभामा चुनाव जितेका सदस्यहरुले सपथ लिंदैछन् ।
- प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी जम्मा ३३४ सांसद छन् ।
शिखरन्यूज, काठमाडौं, २० फागुन – आज संघीय संसदको पद तथा गोपनीयताको सपथ ग्रहण हुँदैछ । मंसिर १० र २१ मा भएको प्रतिनिधिसभाको चुनावबाट प्रत्यक्ष, समानुपतिक तर्फबाट निर्वाचित सांसदहरु र राष्ट्रियसभामा चुनाव जितेका सदस्यहरुले सपथ लिंदैछन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी जम्मा ३३४ सांसद छन् । आज ३ सय ३० जनाले सपथ लिँदैछन् । आज दिउसो ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवले सपथ गराउँदैछन् । त्यसैगरी आज बेलुकी ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन्। ती दुईजना सांसदलाई आज दिउसो राष्ट्रपति विद्या भण्डारीले सपथ गराउने कार्यक्रम छ ।
सपथसँगै नयाँ संविधान अनुसार पहिलो संघीय संसदको अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका ३ जना मनोनित सदस्यले भने सपथ लिन नपाउने भएका छन् । देउवा सरकारले सिफारिस गरेका तीनजना सदस्यले सर्वोच्चमा मुद्दा दिएका कारण सर्वोच्चले सपथ रोकेपछि नपाउने भएका हुन् । अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौड्यालले सपथ लिन पाउने छैनन् ।
चौधरीले सपथ लिन नपाउने
कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी अहिले अदालतको आदेशमा थुनामा छन् । फौजदारी मुद्दा दर्ता भएकाले उनले आज सपथ लिन नपाउने भएका हुन् । २०७२ साल भदौ ७ मा कैलाली टीकापुर घटनाका दोषी रहेका सांसद चौधरीलाई प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ । चौधरीले थारू भाषामा शपथ गर्ने गरी उनका पार्टीका सदस्यले संसद सचिवालयमा निवेदन दर्ता पनि गराइदिएका छन् । यसअघि सर्वोच्चले अदालती प्रक्रिया छलेर भाग्नेहरुले संविधान, कानुनले दिएको सुविधा उपभोग गर्न नपाउने आदेश गरेको थियो ।
प्रतिक्रिया