आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

सारांश

  • रुपन्देही।
  • भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ।
  • त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ।

रुपन्देही। भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ। त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ।

देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए। उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ आज जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए। उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?