शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २५, २०८२
|
|
६० पटक हेरिएको
Shares
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्

सारांश

  • काठमाडौं ।
  • नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
  • शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए।

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले मंसीरसम्ममा पार्टीको नियमित महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।

नेता कोइरालाले भने, ‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने-यो मेरो व्यक्तिगत विचार हो। मैले उहाँलाई के भने भने तपाई विघटन गर्नुस्। एक जनालाई कार्यबहाक सभापति दिनुस्। उनले गठन गर्दछन्। र उनले मिति तय गर्दछन्। मलाई लाग्दछ–मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो।’

नेता कोइरालाले अब बन्ने कार्यवाहक सभापतिले पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ
अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
आलेख ः खप्तड आउने पर्यटक बढे
आलेख ः खप्तड आउने पर्यटक बढे
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम
मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?
मेयर बालेनलाई सरकारले किन गरायो सचेत ?
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
कोशी प्रदेशको नीति तथा कार्यक्रमः जनताको जलविद्युतदेखि ‘स्वस्थ्य नागरिक’ अभियानसम्म (पूर्णपाठ)
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा

तपाईंले छुटाउनुभयो कि?