आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
६० पटक हेरिएको
Shares
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट

सारांश

  • कञ्चनपुर, २४ भदौ ।
  • आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ ।
  • आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ ।

कञ्चनपुर, २४ भदौ ।आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ ।आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताउनुभयो ।

रु एक अर्ब १९ करोड ३१ लाख पाँच हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले रु एक अर्ब ४७ करोड ९२ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । आयकरतर्फ रु ५७ करोड १० लाख २० हजार, बहाल करतर्फ रु चार करोड ५० लाख एक हजार, व्याजतर्फ रु दुई करोड २८ लाख ३४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु ४३ करोड ४६ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले अन्तःशुल्कतर्फ रु ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवातर्फ रु आठ लाख २५ हजार र शिक्षातर्फ रु ६२ लाख ६२ हजार राजश्व सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको सङ्ख्या ४१ हजार ४७९ रहेको छ ।

“निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तर निकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेका हौँै,” अधिकृत शर्माले भन्नुभयो । गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको उहाँले बताउनुभयो । दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उहाँको भनाइ छ । कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं लिई आव २०७१÷७२ देखि आव २०७३÷७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
अब गाउँपालिका, नगरपालिकामा बजेट कसले बनाउला!
अब गाउँपालिका, नगरपालिकामा बजेट कसले बनाउला!
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
आज खण्डग्रास सूर्यग्रहण
आज खण्डग्रास सूर्यग्रहण
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध
ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

तपाईंले छुटाउनुभयो कि?