प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०८१
|
|
१२४ पटक हेरिएको
Shares
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले

सारांश

  • कांग्रेस-एमालेबीच सात बुँदे सहमति भएर केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै सा प्रदेशमध्ये ६ प्रदेशमा कांग्रेस–एमालेबीच आलोपालो सरकार चलाउने सहमति भएको छ ।
  • माओवादी  केन्द्रको नेतृत्वमा सरकार प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।
  • सुदूर पश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको एकीकृत समाजवादीले भने राजीनामा दिएको छैन ।

कांग्रेस-एमालेबीच सात बुँदे सहमति भएर केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै सा प्रदेशमध्ये ६ प्रदेशमा कांग्रेस–एमालेबीच आलोपालो सरकार चलाउने सहमति भएको छ ।

माओवादी  केन्द्रको नेतृत्वमा सरकार प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिइसकेका छन् । सुदूर पश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको एकीकृत समाजवादीले भने राजीनामा दिएको छैन । त्यहाँ पनि कांग्रेस एकालेकै नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

कोशी, लुम्बिनी, कर्णालीमा एमाले नेतृत्वमा सरकार गठन भएको छ भने गण्डकी, बागमतीमा अहिले कांग्रेस नेतृत्वमा सरकार छ । मधेसमा जनमत पार्टीको नेतृत्वमा सरकार छ ।

दुई दलबीच भएको सात बुँदे सहमति अनुसार संविधान संशोधन गरेर राजनीतिक स्थिरता दिने विषयल पनि उल्लेख छ । संविधान संशोधन, प्रदेश सरकार गठन, भावी रणनीतिलगायतका विषयमा एमाले नेता खगराज अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
 

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । यस्ता दुर्घटना बेला बेलामा भइरहेका छन् । यस्ता दुर्घटना रोक्न सरकार वा राज्यले किन सावधानी अपनाउँदैन ?
जब घटना घट्छ, त्यसपछि केही समय हामी सावधानी अपनाउँछौं, त्यसपछि यो विषय सेलाएर जान्छ । फायर बृगेड तयारी अवस्थामा राखेर तत्काल उद्दारमा जुटेको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो कि भन्ने लाग्छ । विमानस्थलजस्तो संदेशनशील ठाउँमा पूर्व तयारीको अवस्था ठिक भएन ।

दुर्घटना रहरले हुने विषय होइन । तर कहिलेकाहीँ लापरवाहीले गर्दा यस्ता घटना हुने गरेका छन् । त्यसको प्रोटोकल हुन्छ, ती प्रोटोकलको पालना नगर्दा यस्ता दुखद् घटना हुने गरेका छन् । हामी जमिन छोडेर आकाशमा जान्छौं, यो जीवनसँग जोडिएको विषय हो । सवै प्राविधिक पक्षलाई चेकजाँच गर्नुपर्ने हुन्छ, कहिले काहीँ यो सानो कुरा नगर्दा पनि हुन्छ भन्ने लापरवाहीले गर्दा यस्ता घटना भएका छन् ।

अर्को कुरा व्यवस्थापनले प्राविधिक पक्ष बुझेको हुँदैन, प्राविधिकले व्यवस्थापन पक्ष बुझेको हुँदैन । यी दुईबीचको जुन समन्वय हुनुपर्ने हो, त्यसो हुँदैन र कहिलेकाहीँ नसोचेको दुर्घटनाहरु हुन्छन् ।

म आफैं पनि एक पटक थाइ एयरवेजबाट काठमाडौं आउँदा विमान चालकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा झण्डै ल्याण्ड गर्न खोजे । तर उनी यति सचेत भए कि पछि दुई तीन राउण्ड लगाएर बिमानस्थलमा नै फर्काए ।

प्रसंग बदलौं, यतिबेला गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ, एमाले पनि सरकारमा सहभागी हुने तयारी गरिरहेको छ, त्यहाँ समस्या छ कि छैन ?
यसो छ, पहिला म मुख्यमन्त्री थिएँ, सर्वोच्च अदालतले एउटा व्याख्या ग¥यो उहाँ मुख्यमन्त्री बन्नु भएको छ । विश्वासको मत लिँदा एउटा दलको चुनाव चिन्ह लिएर जितेको साथीले फ्लोर क्रश गर्नु भयो । त्यसले गर्दा उहाँलाई विश्वासको मत प्राप्त भएको भयो ।

साभमुखज्यूले मलाइ विश्वासको मत दिने बेलामा उहाँले संविधानको जुन धारा प्रयोग गर्नु भयो, त्यो प्रयोय हुने धारा नै होइन, १८८ लाई १८६ गरिदिनु भयो । अब सभामुखको असावधानीले हाम्रो वैधानिकतामाथि प्रश्न चिन्ह खडा भयो ।

यी कारणले त्यतिबेला हामी रस्साकस्सीमा थियौं, अहिले हामी सामान्य अवस्थामा आइपुगेका छौं । अब विस्तारै अन्य प्रदेश र केन्द्रमा भएका सहमति अनुसार हामी सहमति नजिक नै छौं । मलाइ आशा छ, अब हामी चाँडै केन्द्रीय नीति अनुसार नै सहकार्य गर्छौं ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेबीच सहकार्य हुनुपर्छ भनेर मैले त पहिला देखि नै भनेको हो नि । म केन्द्रमा स्वास्थ्यमन्त्री हुँदा संयुक्त सरकारकै स्वास्थ्यमन्त्री थिएँ । मलाइ त्यो अनुभव छ ।

०४६ सालको जनआन्दोलन सफल भएपछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा बामपन्थीहरु पनि सहभागी भयौं । ०६२÷६३ आन्दोलन सफल भएपछि बनेको सरकारमा केपी शर्मा ओली नै पार्टीको नेतृत्व गरेर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी हुनु भयो । पछि साहना प्रधान मन्त्री बन्नु भयो ।

पछि बामदेव गौतमले पार्टी विभाजन गरेपछि फेरि कांग्रेस-एमाले मिलेर सरकार चलाएकै हो । बेला बेलामा मुलुकलाई निकास दिन हामी एक ठाउँमा उभिएका छौं ।

कांग्रेस-एमालेबीच भएका सहमति सार्वजनिक भइसकेका छन् । उनीहरुले भनेको जस्तो संविधान संशोधन कत्तिको सहज छ ?
अहिले जनताले पनि उठाएको कुरा के हो भने समानुपातिक र समावेशितालाई जोगएरै पनि यो भन्दा सानो आकारको संरचना बनाउन सक्छौं । अहिले पुँजीगत खर्च भन्दा धेरै प्रशासनिक खर्च हुन थाल्योे । हाम्रो जस्तो देशमा यो विषयमा सोच्नै पर्ने हो ।

हामीले लडेर ल्याएको संविधानमा समावेशितालाई कुनै पनि हालतमा कमी हुन नदिइकन प्रदेशको संख्या र मन्त्रिपरिषद पनि सानो  गर्यो भने धान्न सकिन्छ । चीनमा त्यत्रो भिमकाय जनसंख्या छ, त्यहाँ स्थायी कमिटी नै ६/७ जनाको बनाएका छन् । सरकार पनि ठिकै खालको छ । भारतमा त अली ठूलो छ, त्यही सिकेका छौं हामीले ।

त्यसैले प्रशासनिक खर्च धेरै नबढाउने र धेरै खर्च विकास निर्माणमा लगाउन मिल्ने गरी व्यवस्था गर्न संविधानमा रिभिजिट आवश्यक छ । अनि समाजमा अनावश्यक अराजकता, अस्तव्यस्तता बीचबीचमा लोकप्रियताका नामा आउने शक्तिले जनतामा इच्छा जगाइ दिने तर समाधान नदिने गर्दा देश गम्भीर निराशामा जाने भयो । देशमा आशा जगाउनका लागि  र संविधानमा पुर्नव्यवस्थान गर्नुपर्ने  आवश्यकतालाई महशुस गरेर हामीले यो बाटो अपनाएका हौं ।

कांग्रेस–एमालेबीचको सहमतिलाई अवसर र चुनौतीको रुपमा लिनुपर्छ । केन्द्रदेखि अन्य प्रदेशमा पनि आलोपालोको कुरा आएको छ । गण्डकीमा पनि अब आलोपालो सरकार बनाउने होइन ?
अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । आलोपालोको विषयमा नेतृत्वले हामीलाई केही पनि भनिसकेको छैन । तर आलोपालो सरकार हुने हुँदा पहिला कांग्रेस र त्यसपछि एमालेकै हुने हो । हामीले बुझेको पनि त्यही नै हो ।

गण्डकी प्रदेशमा कांग्रेस–एमाले मिल्दा दुई तिहाइ बहुमत पुग्छ, अनि सरकारमा स्वतन्त्र र अन्य सांसदको आवश्यकता पर्छ ?
यसो हो, हिजोको संघर्षलाई उहाँलाई साथ दिएकाहरु प्रतिको मोह मुख्यमन्त्रीमा हुने भयो ।

हिजो हामीलाई उहाँहरुले साथ नदिँदा हामी भएनौं । उहाँहरुले साथ दिँदा उहाँ रहनु भयो । त्यसो हुँदा मुख्यमन्त्रीलाई ती साथीहरुप्रति मोह हुनु स्वाभाविक हो । तर, केन्द्रीय राजनीतिले कोल्टो फेरेपछि उहाँले पनि महशुस गरिहाल्नु हुनछ । उहाँहरुप्रति हाम्रो कुनै वैरभाव छैन । त्यो कुरा सुरेन्द्रजीले बुझ्ने हो । हामीले बुझेको भनेको अहिले यहाँ कांग्रेस-एमाले सहकार्यमा छौं ।

लुम्बिनीमा संसदीय दलको नेता लिला गिरीलाई मुख्यमन्त्री नबनाएर उपनेतालाई चेतनाथ आचार्यलाई किन मुख्यमन्त्री बनाउनु भयो ?

ठ्याक्कै कारण मैले बुझेको छैन । मेरो अनन्य मित्र लिलाजी हो । हामीले लामो समय सहकार्य गरेका छौं । माथिबाट त्यहाँ चेतनाथजीलाई बनाउने वातावरण बन्यो के गर्ने भन्ने खालको कुरा भयो होला । उहाँले त्यसलाई सामान्य रुपमा लिनु भएकै छ । लुम्बिनी नेताको खानी हो । त्यहाँ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव हुनुहुन्छ । बाहिर आएजस्तो गुटको प्रभाव हो भन्ने मलाइ लाग्दैन ।

अर्को कुरा नेकपा एमाले शक्तिशाली हुँदा सबै शक्तिशाली हुने हो, कोही व्यक्ति शक्तिशाली भएर नेकपा एमाले शक्तिशाली हुँदैन । लुम्बिनीमा त विवादित व्यक्ति मन्त्री बनाइएको भन्दै आलोचना हुन थालिसक्यो नि !
अहिले हामीले सरकारमा जाने व्यक्ति पनि निर्विवाद नै पठाएर जनविश्वास लिनु छ । अब त्यहाँ म अर्को दलको विषयमा टिप्पणी गर्न चाहन्न । तर पब्लिकले  त टिप्पणी गर्न पाउँछन् । दुवै दलले बुझ्नु पर्ने कुरा के हो भने राम्रो काम गर्न सक्न, नतिजन दिने गरी काम गर्न सक्ने र लोकप्रिय मानिसलाई अवसर दिनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा !
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी
दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी
चुनावको अघि पुल बनाउ नापजाँच
चुनावको अघि पुल बनाउ नापजाँच
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
धनुषाको जनक नन्दनीमा कांग्रेस विजयी
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती