आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २६, २०७३
|
|
५०३ पटक हेरिएको
Shares
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..

सारांश

  • सिन्धुपाल्चोक, ‘म कक्षा १० मा पढ्छु ।
  • केटी ६ कक्षामा पढछिन् ।
  • स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् ।

सिन्धुपाल्चोक, ‘म कक्षा १० मा पढ्छु । केटी ६ कक्षामा पढछिन् । स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् । मलाई किन नामर्द भनेको हो थाहा छैन । तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो । त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरे ।’

एक किशोरीमाथि बलात्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालयमा चर्चाको विषय बनेको छ । एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलात्कारमा पुगेर टुंगियो । केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुनःस्थापना केन्द्रमा ।

प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन् । भूकम्पले दुवैको घर ढल्यो । गाउँमा बस्न नसक्ने भएपछि उनीहरू सपरिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए । पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन् । पीडक १५ वर्षका मात्र छन् । उनी ६ कक्षामा अध्ययनरत छात्र हुन् ।

घटना एक महिनाअघिको हो । १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कंदै गर्दा पीडित छात्र गौंडा ढुकेर बसिरहेका थिए । छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरे ।

घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ ग-यो । ‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने । उनका अनुसार केटीले जिस्काएकै कारण बलात्कारको घटना भएको हो । प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ ।

बन्धक बनाएर बलात्कार
सदरमुकामनजिकैको बतासेमा एक युवकले बन्धक बनाएर युवती बलात्कार गरेको खुलेको छ । ६ दिनसम्म कोठामा बन्धक बनाएर एक युवाले युवतीलाई जबर्जस्ती बलात्कार गरेको प्रहरी दाबी छ । घटना दुई महिना अघिको हो । ३१ वर्षीया मंगले तामाङले ‘नवलपुर क’ (परिवर्तित नाम) लाई ६ दिनसम्म आफ्नै कोठामा थुनेर पटकपटक बलात्कार गरेको प्रहरीको दाबी छ ।
एउटा सन्तानका बाबु मंगलेले श्रीमतीले छाडेपछि यौन प्यास मेटाउन बन्धक बनाएको प्रहरीलाई बताएका छन् । यौन प्यास मेटाउन उनले २१ वर्षीया एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई पक्राउ गरेर अदालत बुझाएपछि हाल उनी अदालतको आदेशले थुनामा छन् । पीडक युवाले सहमतिमै सम्बन्ध राखेको दाबी गरे पनि पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा चलाएको हो ।
दुई महिनाको बीचमा बलात्कार अपराधको शृंखला यतिमा मात्रै रोकिएन । भाइले नै दिदीलाई जबर्जस्ती गर्न खोजे । घटना १८ माघको हो । भाइ घरमा पुग्दा दिदी बदाम गोडिरहेकी थिइन् । भाइ आएको देखेर दिदीले खुसी हुँदै खाजा बनाइदिने प्रस्ताव गरिन् । तर, भाइले खाजा नखाने बरु बेलुकी खाना खाने प्रस्ताव गरे । बेलुकी खानाअघि भाइले मादक पदार्थ सेवन गरे । नसाको सुरमा रहेका भाइले राति एक्कासी आएर दिदीलाई जबर्जस्ती गर्न खोजे । प्रहरीका अनुसार पटकपटक जबर्जस्ती प्रयासपछि दिदीले प्रतिकार गरिन् । गाउँले भेला भएपछि भाइ फरार भए । दिदीकै उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।
भूकम्पपछि मात्रै जिल्ला प्रहरी कार्यालयमा जबर्जस्तीका घटना दर्जन बढी आएका छन् । आफन्तले नै जबर्जस्ती गरेका घटनाहरू धेरै आउने गरेको प्रहरीको भनाइ छ । अस्थायी टहरामा बसिरहेको अवस्थामा धेरै महिला असुरक्षित हुने गरेका छन् । वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएका महिलाहरू बढी यस्ता घटनाको सिकार हुने गरेको प्रहरीको भनाइ छ । टेलिभिजन र सामाजिक सञ्जाल कारण पनि यस्ता घटना हुने गरेको प्रहरीले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
गृहमन्त्रीको जवाफपछि पनि अवरोध यथावत
गृहमन्त्रीको जवाफपछि पनि अवरोध यथावत
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
वामदेवविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
वामदेवविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
सरकार सुशासनमा कसैसँग नझुक्ने : महासचिव पौडेल
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई  नियन्त्रणमा लिन शुरु
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)
गायिका नित्याशिवाको ‘ट्याक्सी गुडाउदै धुलो उडाउदै’ सार्वजनिक (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?