आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ७, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

सारांश

  • जलेश्वर ।
  • मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
  • आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो ।

जलेश्वर । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो ।    जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थल पौराणिक एवं धार्मिक महत्वको रहेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय रामकृष्ण यादवले बताए ।

द्वापर युगमा श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोराको मृत्यु भएको सुनेपछि आफ्नो प्राण पनि त्याग गरेको किंबदन्ती छ ।

टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकाले विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेकामा आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा भने अत्यधिक भीड हुने स्थानीयवासी हेमशङ्कर यादवले बताए ।

आजका दिन यस यस स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको अर्का स्थानीयवासी शिवचन्द्र यादवले बताए ।

द्वापर युगमा श्रवणकुमारले तिर्खाएका आफ्ना अन्धाअन्धी आमाबुवालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन नजिकैको महदैया तपनपुरको कमलदहमा पानी लिन गएको बेला राजा दशरथको शब्दभेदी वाण लागी उनको मृत्यु भएको थाहा पाएपछि ती बृद्ध दम्पतीले पनि यसै स्थानमा प्राण त्याग गरेका थिए ।

अन्धाअन्धीले प्राण त्याग गरेकाले यो स्थान अन्धाअन्धी स्थानको नामले चर्चित भएको र कालान्तरमा मन्दिर पनि बनाइएको थियो । पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक तथा एतिहासिक स्थल ओझेलमा पर्दै गएको स्थानीयवासीले आरोप लगाउँदै यो स्थललाई संरक्षण र सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्बन्ध निकायसँग जोडदार माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
नेपालगञ्जमा सातो लिने गर्मी, ४२ डिग्री पुग्यो तापक्रम
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि
विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए
विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए
भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या
भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
५५ वर्ष लागिन् धक–धक गर्ल माधुरी, यस्तो छ उनको प्रेम र अभिनय जीवन
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी

तपाईंले छुटाउनुभयो कि?