आर्थिक स्थायित्वका लागि चेम्बर र उद्योग परिसङ्घले सहकार्य गर्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०८०
|
|
५२ पटक हेरिएको
Shares
आर्थिक स्थायित्वका लागि चेम्बर र उद्योग परिसङ्घले सहकार्य गर्ने

सारांश

  • काठमाडौँ ।
  • निजी क्षेत्रका व्यवसायीको दुई छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने भएका छन् ।
  • नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई संस्थाले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि सहकार्य गर्ने भएको जानकारी दिएका हुन् ।

काठमाडौँ । निजी क्षेत्रका व्यवसायीको दुई छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने भएका छन् ।

नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आज चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई संस्थाले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि सहकार्य गर्ने भएको जानकारी दिएका हुन् ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयनमार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाले सहकार्य गर्नुपर्ने बताए । “मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ”, उनले भने ।

अध्यक्ष मल्लले उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसक्दा पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए । मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ थियो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएकाले निजी क्षेत्रको मागलाई सम्बोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले उल्लेख गरे ।

उधारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसङ्घबीच सहकार्य गर्ने समझदारी बनेको छ । चेम्बर, परिसङ्घ र उद्योग वाणिज्य महासङ्घले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझावसमेत पेश गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;
नेकपा केन्द्रीय कमिटी बैठक  : समाजवादमा जान सुझाव
नेकपा केन्द्रीय कमिटी बैठक : समाजवादमा जान सुझाव
गु्ण्डा नाइके अशोक लामा प्रहरीको इन्काउन्टरमा…
सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा
सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा
ट्राफिक व्यवस्थापनमा कठिनाइ
ट्राफिक व्यवस्थापनमा कठिनाइ
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १,५०० को मृत्यु
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा
कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : मुख्यमन्त्री शर्मा
उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?
उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?

तपाईंले छुटाउनुभयो कि?