इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट  सन्यास !

सारांश

  • काठमाडौँ, १८ भदौ ।
  • इंल्याण्ड क्रिकेट टिमका कप्तान तथा टेस्ट क्रिकेटका महारथि एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
  • भारतसँगको अन्तिम टेस्ट खेलपछि उनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

काठमाडौँ, १८ भदौ । इंल्याण्ड क्रिकेट टिमका कप्तान तथा टेस्ट क्रिकेटका महारथि एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतसँगको अन्तिम टेस्ट खेलपछि उनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

कुक इंल्याण्डका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । साथै उनले १ सय ६१ टेस्ट क्रिकेट खेलेका छन् । जसबाट १२ हजार भन्दा बढी रन बनाएका छन् । उनी इंल्याण्डका लागि सबैभन्दा बढी टेस्ट खेल्ने खेलाडी पनि हुन् ।

सन्यास लिने क्रममा उनले क्रिकेटलाई सँधै माया गरेको र इंल्याण्ड टिमबाट खेल्दाको अनुभव कहिल्यै नबिर्सिने बताए । उनले एकदिवसीय र टेस्ट दुवै विधामा सन २००६ मा डेव्यु गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?