इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २०, २०७६
|
|
५० पटक हेरिएको
Shares
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा

सारांश

  • एजेन्सी।
  • अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ ।
  • शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो ।

एजेन्सी। अमेरिकी एयर स्ट्राइकमा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि इरानले युद्धको घोषणा गरेको छ । शनिबार बिहान इरानले जामकरन मस्जिदमाथि रातो झण्डा फहराएर युद्धको लागि देशभर अलर्ट जारी गरेको हो ।

तनावपूर्ण स्थितिमा यसरी रातो झण्डा फहराउनुलाई ‘युद्धको लागि तयार रहनू, युद्ध सुरु भइसकेको छ’ भन्ने सन्देश दिएको रुपमा बुझिन्छ । रिपोर्टमा अनुसार इरानले यसरी मस्जिदमा रातो झण्डा फहराएको पहिलो पटक हो ।

कोमस्थित जामकरन मस्जिदको डोममा सधैं धार्मिक झण्डा फहराइन्थ्यो । अहिले भने त्यो धार्मिक झण्डा हटाएर रातो झण्डा फराइएको छ जलाई युद्धको घोषणाको रुपमा लिइएको छ किनकि रातो झण्डाको अर्थ दुःख जनाउनु हुँदैन । यसरी झण्डा फराउनुको अर्थ इरानले आफ्ना देशवासीलाई त्यो स्थितिको लागि तयार रहन भनेको छ जुन स्थिति उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि इरान र इराकको युद्धको बेला पनि यसरी रातो झण्डा फहराइएको थिएन ।

इतिहासमा हुसैन साहबले कर्बला युद्धको बेला मस्जिदमाथि रातो झण्डा फहराएका थिए । यो रातो झण्डा रगत र शहादतको प्रतीक मानिन्छ । अहिलेको स्थितिमा सुलेमानीले देशको लागि शहादत दिएको र यसको बदला लिनको लागि देशवासीलाई तयार रहन भनिएको रुपमा यो झण्डा फहराइएको छ । जामकारन मस्जिदलाई इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ र यहाँको युवाहरुमा यको गहिरो प्रभाव छ ।

उता इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । अमेरिकी दूतावासभित्र रकेट प्रहार भएपछि भागदौड मच्चिएको थियो । सूत्रका अनुसार बगदादको ग्रीन जोनमा अमेरिकी दूतावासभित्र कत्युषा रकेटबाट आक्रमण भएको हो । यो आक्रमणमा कति मानिस हताहत भए भन्ने प्रस्ट जानकारी आइसकेको छैन । अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै यो आक्रमण भएको हो । इरानले सुलेमानीको हत्याको बदला लिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधिकारिक नक्सामा लिम्पियाधुरा गायब !
आधिकारिक नक्सामा लिम्पियाधुरा गायब !
यि हुन् ब्रेक-अप पछि गर्ने केटीका अनाैठा ब्यवहार !
यि हुन् ब्रेक-अप पछि गर्ने केटीका अनाैठा ब्यवहार !
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
मेलम्ची खानेपानी आयोजना लथालिङ, सम्हाल्ने कोही भएनन्
मेलम्ची खानेपानी आयोजना लथालिङ, सम्हाल्ने कोही भएनन्

तपाईंले छुटाउनुभयो कि?