इरानी विदेश मन्त्री जवाद जरीफले दिए राजीनामा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
५२ पटक हेरिएको
Shares
इरानी विदेश मन्त्री जवाद जरीफले दिए राजीनामा

सारांश

  • बीबीसी।
  • इरानका विदेशमन्त्री जवाद जरीफले आफ्नो पदबाट राजीनामा दिएका छन्।
  • जरीफले अचानक आफ्नो राजीनामाको घोषणा समाजिक संजाल इन्स्टाग्रामबाट गरेका हुन्।
बीबीसी। इरानका विदेशमन्त्री जवाद जरीफले आफ्नो पदबाट राजीनामा दिएका छन्। जरीफले अचानक आफ्नो राजीनामाको घोषणा समाजिक संजाल इन्स्टाग्रामबाट गरेका हुन्। इरानको सरकारी समाचार एजेन्सीले जरीफको राजीनामाको पुष्टि गरेको छ।
जरीफले सरकारमा आफ्नो कार्यकालका क्रममा भएको गल्तीकालागि माफी पनि मागेका छन्।
जरीफले २०१५ मा अमेरिकासँग परमाणु सम्झौताका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतलाई रद्द गरेको घोषणा गरेका थिए।
५९ वर्षीय जरीफ संयुक्त राष्ट्रसंघमा इरानका राजदूत पनि भइसकेका छन्। र, उनी २०१३ मा हसन रुहानी राष्ट्रपति निर्वाचित भएपछि विदेशमन्त्री बनेका थिए।
जरीफले आफ्नो राजीनामामा इरानका जनता र प्रशासनप्रति आभार व्यक्त गरेका छन्। तर उनले आफूले राजीनामा दिन भएको भन्ने विषयमा भने केही पनि उल्लेख गरेका छैनन्।
अमेरिकाले इरानसँग परमाणु सम्झौता रद्द गरेपछि जरीफ इरानका कट्टरपन्थीको निशानामा थिए। सम्झौता अनुसार इरानले आफ्नो परमाणु कायक्रम सीमित गर्नु परेको थियो।
सोमबार सीरियाका राष्ट्रपति बशर अल असदले इरानका सर्वोच्च धार्मिम नेता अयातुल्लाह अली खामनेईसँग तेहरानमा भेटवार्ता गरेका थिए। तर उक्त बैठकमा जरीफ उपस्थि थिएनन्।  २०११ मा सीरियामा सुरु भएको गृहयुद्धपछि सीरियाली राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण हो। सीरियामा गृहयुद्धका क्रममा इरान र रुसले सीरियाली सरकारलाई सहयोग गरेका छन्।

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
धार्मिक पर्यटनको विकास हुनुपर्छ : मन्त्री कुशियत
धार्मिक पर्यटनको विकास हुनुपर्छ : मन्त्री कुशियत
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
उपत्यकामा सवारी टाइम कार्डः कुन सवारी कति बेला चल्न पाउने ?
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
एमालेमा गुटैगुट : ‘१० भाइ’को झन बिजोग
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न
मेलबर्नमा नेपाल सम्वत ११३९  र म्हपुजा कार्यक्रम सम्पन्न
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
२८ वर्षमा २४ प्रधानमन्त्री : कुन सरकार कसरी ढले ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
सुर्खेतका द्वन्द्वपीडित भन्छन् ‘हाम्रा पीडामा क्यान्सर लाग्यो’
सुर्खेतका द्वन्द्वपीडित भन्छन् ‘हाम्रा पीडामा क्यान्सर लाग्यो’
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने

तपाईंले छुटाउनुभयो कि?