इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण

सारांश

  • बीबीसी।
  • सीरियामा इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धनल सेनाले आक्रमण गरेका छन्।
  • विश्लेषकहरुका अनुसार इस्लामिक स्टेटको कब्जामा रहेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुन सक्छ।
बीबीसी। सीरियामा इस्लामिक स्टेटको कब्जामा रहेको अन्तिम स्थान बागुज गाउँमा सरकार समर्थित अन्तर्राष्ट्रिय गठबन्धनल सेनाले आक्रमण गरेका छन्। विश्लेषकहरुका अनुसार इस्लामिक स्टेटको कब्जामा रहेको यो अन्तिम स्थान हो र यहाँको लडाइँ निकै गम्भीर हुन सक्छ।
सीरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन्। यसअघि उनीहरुले इस्लामिक स्टेटका लडाकुका परिवारजनलाई बाहिर निस्किन मौका दिन भन्दै आफ्नो अभियानलाई रोकेका थिए।
सीरिन डेमोक्र्याटिक फोर्सेजका अनुसार उनीहरुलाई आइएस विरुद्धको आक्रमणमा लगातार सफलता मिलिरहेको छ।
सीरियन डेमेक्र्याटिक फोर्सेजका एक सुरक्षाकर्मीका अनुसार उनीहरु इस्लामिक स्टेटको क्याम्पमा पुगेका छन्।
अमान अम्द नामका यी सुरक्षाकर्मीले भने, ‘कुनै बेला त्यहाँ आइएसआईएसको नियन्त्रण थियो। तर अहिले हामी क्याम्पको सुरुवाती भागमा छौं। र यो निकै ठूलो इलाका हो।’
‘आईएसआईएस सानो इलाकामा समेटिएका छन्। आइएसआईएस लडाकु बागुज पहाडको तल खुम्चिएका छन्। बगुज गाउँको भित्री भागमा इस्लामिक स्टेटको नियन्त्रण थियो। तर अहिले उनीहरु पछि हट्न बाध्य भएका छन्।’
सीरियत डेमेक्र्याटिक फोर्सेजका प्रवक्ता मुस्तफा बालीनले आफ्नो सुरक्षाकर्मीले सफलता प्राप्त गरिरहेको बताए। उनले इस्लामिक स्टेटका लडाकुलाई सुरक्षाकर्मीले ठूलो नोक्सान पुर्याएको बताए। अन्तर्राष्ट्रिय गठबन्धन सेनाले इस्लामिक स्टेटलाई गोली बारुद तथा बमबारीमार्फत आक्रमण गरिरहेको उनले जनाए।
‘ठूलो संख्यामा आतंकवादीको निधन भएको छ भने धेरै आइएस लठाकु घाइते भएका छन्।। संख्याको विषयमा अहिले नै जानकारी दिन सकिँदैन किनभने संघर्ष अहिले पनि जारी छ। अपरेशन त्यतिबेलासम्म जारी रहन्छ, जतिबेलासम्म बागुज गाउँलाई आतंकवादीको नियन्त्रणबाट मुक्त गरिँदैन,’ उनले भने। पछिल्ला दिनमा हजारौं महिला र बच्चालाई यो ठाउँबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो। यो गाउँमा ठूलो संख्यामा इस्लामिक स्टेट समूहका लडाकु भएको अनुमान गरिएको । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?