उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
४४ पटक हेरिएको
Shares
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

उत्तर कोरियाले आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन संयुक्त राज्य अमेरिकासँग माग गरेको छ । नेता किम जाेङ-अन र राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकपछि प्योङयाङले कैयौँ सद्‌भावपूर्ण कदम चालेको भन्दै उत्तर कोरियाले पछिल्लो माग गरेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भनेको छ, उत्तर कोरियाले पारमाणिक परीक्षण बन्द गरेको, एउटा पारमाणविक परीक्षणकेन्द्र निष्क्रिय पारेको र कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेष हस्तान्तरण गरेको छ । प्रतिबन्धहरू फुकुवा गर्नुअघि पूर्ण रूपमा निरस्त्रीकरण गर्नुपर्ने अमेरिकी माग असह्य भएको उत्तर कोरियाले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई नरोकेको बताएको तीन दिन नबित्दै प्योङयाङको भनाइ आएको हो । प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको थियो । स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई गत शुक्रवार बुझाएको थियो ।

गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका थिए ।यसअघि बलिस्टिक क्षेप्यास्त्र निर्माण गरिएको स्थानमै त्यस्तो गतिविधि जारी राखेको जासुसी भूउपग्रहबाट थाहा भएको उनीहरूले द वाशिङटन पोस्ट पत्रिकालाई बताएका थिए ।

ट्रम्प र किमबीच गत जुनमा सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको थियो ।भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए ।त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट ‘अब पारमाणविक खतरा नरहेको’ बताएका थिए ।

तर प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धता विना सहमति गरेकोमा गत महिना उत्तर कोरियाली नेतासँगको भेटवार्तापछि ट्रम्पको आलोचना भएको थियो ।पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्योङयाङले अहिले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध झेलिरहेको छ । (बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सँग नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन
भारत सँग नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
विषादी मुक्त हुँदै महानगर, मेयर रेणु दाहाल उदाहरणिय बन्दै !
झापामा आफन्तबाटै अधिकांशको हत्या
झापामा आफन्तबाटै अधिकांशको हत्या
संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?