संसद बिघटन गरी मध्यावधि घोषणासम्मको तयारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् ।
  • उनले राजीनामाको दबाब बढाइए कठोर कदम चाल्ने सम्मको चेतावनी दिएका छन् ।
  • यसको संकेत उनले फेरि अध्यादेश ल्याएर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । उनले राजीनामाको दबाब बढाइए कठोर कदम चाल्ने सम्मको चेतावनी दिएका छन् । यसको संकेत उनले फेरि अध्यादेश ल्याएर गरेका छन् ।

संवैधानिक निकायमा नियुक्तिका लागि पार्टीभित्रबाट असहयोग भएपछि ओलीले अध्यादेशमार्फत् ऐन नै संशोधन गराएका छन् । अब आजका लागि तय भएको संवैधानिक परिषदको बैठकले बहुमतबाट नियुक्ति गर्ने ढोका खुलेको छ । यद्यपि, अध्यादेश संसदबाट पारित गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

प्रधानमन्त्री ओलीमाथि सत्ता संकट गहिरिदै गर्दा यस्तै कठोर कदमहरु चाल्न थालेका छन् । उनले कुैपनि बेला योभन्दा कडा कदमको तयारी समेत गरेका छन् । हिउँदे अधिवेशन शुरु भइसक्नुपर्नेमा अझै बोलाउने निर्णय गरेका छैनन् । बरु संसदबाट ऐन संशोधनको साटो अध्यादेश धमाधम ल्याउन थालेका छन् । यसको अर्थ उनी संसदले बनाएको ऐनबाट नभई अध्यादेशबाट ऐन संशोधन गर्दै शासनमा प्रभाव जमाउन थालेका छन् ।

संसद नै ओलीका लागि चुनौती बन्न थालेको छ । कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्नेमा पनि ओली गम्भीर छन् । त्यसका लागि उनले अस्त्र पनि तयार गरेको बुझिएको छ । सत्ताबाट हटाउन यस्तो कठोर चुनौती आएमा संसद बिघटन गरी मध्यावधिमा जाने सम्मको ओलीको तयारी छ । आज संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याउनुको यही संकेत हो ।

झण्डै तीन वर्ष प्रधानमन्त्री भइसकेका ओलीका लागि अब बाँकी दुई वर्ष कार्यकाल हो । तर, उनले यसबीच सत्ता संकटको सामना गरिरहनुपरेको छ । उनी पार्टीभित्रबाट झेलिरहेको यो चुनौतीबाट पार पाउन संसद बिघटन गरी मध्यावधिको निर्णयसम्म जानसक्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको ८० वर्षको उमेरमा निधन
संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको ८० वर्षको उमेरमा निधन
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
प्रेमिकासँग बस्न डाक्टरले आफै गरे अपहरणको नाटक, अन्ततः प्रहरीको फन्दामा
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
दिनदहाडै लुटियो ९ लाख
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
अख्तियारको संरक्षणमा १७ करोड घोटाला…
जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाए……
जब प्रधानमन्त्रीले सारङ्गी र बाँसुरी बजाए……
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ

तपाईंले छुटाउनुभयो कि?