उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित

सारांश

  • २५ मंसिर, उदयपुर ।
  • उदयपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेस नेता डा.
  • नारायण खड्काले ह्याट्रिक गरेका छन् ।

२५ मंसिर, उदयपुर । उदयपुर क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य जित्दै कांग्रेस नेता डा. नारायण खड्काले ह्याट्रिक गरेका छन् । ०५६ को चुनावमा पराजित भएका खड्काले त्यसपछिका ०६४ र ०७० को चुनाव पनि जितेका थिए ।

प्रतिनिसभामा खड्काले वाम गठबन्धनका साझा उम्मेदवार एमालेकी मन्जुकमारी चौधरीलाई ५ सय ४८ मतान्तरले हराए ।

खड्काले ३३ हजार १४२ मत पाएका छन् भने चौधरीको पक्षमा ३२ हजार ५९४ मत परेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा मालेका उम्मेदवार रामप्रसाद चौलागाईंले १२ सय ९५ मत पाए ।

यसैगरी प्रदेशसभा तर्फ एमाले र कांग्रेसले एक-एक सिट जितेका छन् ।

क्षेत्रनम्बर १ ‘क’मा एमालेका विमल कार्की १७ हजार ५०१ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विदुर बस्नेतले १५ हजार ८४४ मत पाएका छन् ।

यसैगरी क्षेत्रनम्बर १ ‘ख’मा भने नेपाली कांग्रेसका हिमाल कार्की विजयी भए । उनले १६ हजार ७९२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर थापामगरले १५ हजार १९४ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?