‘उद्धार बेवास्ता’ले पर्यटकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १८, २०७३
|
|
१४६ पटक हेरिएको
Shares

सारांश

  • सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
  • सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिला भएकाले उनको मृत्यु भएको खुलेको छ ।
  • शनिबार दिउँसो एक बजे इजी हेली सर्भिसनामक संस्थालाई वेनको उद्धारको लागि हेलिकोप्टर पठाइदिन लुक्लाका थुक्तेन शेर्पा मार्फत अनुरोध गरेपनि कम्पनीले साढे तीन घण्टा ढिलो गरी काठमाडौंबाट हेलिकोप्टर पठाएको थियो ।

सगरमाथा आधारशिविर जाने क्रममा हाई अल्टिच्युडका कारण बिरामी परेका चिनीयाँ पर्यटक ५१ बर्षीय जाइन वेनको उद्धार कम्पनीले हेलिकोप्टर पठाउन ढिलाई गरेका कारण मृत्यु भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सगरमाथा आधारशिविर पदयात्रा मार्गमा पर्ने ५,७०० मिटर उचाइको गोरक्षेप क्षेत्रमा लेक लागेर बिरामी परेपछि नेपाली सहयोगी प्रताप तामाङले मगाएको हेलिकोप्टर पुग्न ढिला भएकाले उनको मृत्यु भएको खुलेको छ ।

शनिबार दिउँसो एक बजे इजी हेली सर्भिसनामक संस्थालाई वेनको उद्धारको लागि हेलिकोप्टर पठाइदिन लुक्लाका थुक्तेन शेर्पा मार्फत अनुरोध गरेपनि कम्पनीले साढे तीन घण्टा ढिलो गरी काठमाडौंबाट हेलिकोप्टर पठाएको थियो ।

शनिबार ४ ३० बजे मात्र काठमाडौंकाट हेलिकोप्टर सगरमाथा आधारशिविरतर्फ गएको तामाङले बताए । तत्काल पठाइदिन भने पनि हेलिकोप्टर व्यस्त भएको भन्दै कम्पनीले ढिलाइ गरेको जानकारी उनले दिए । हेली एभरेस्टसँग मात्र कारोबार गर्ने भएका कारण उद्धार कम्पनीले अन्य हेलिकोप्टर नपठाएको स्रोतले उल्लेख गरेको छ ।

साढे चार बजेमात्र काठमाडौंबाट उडेको हेलिकोप्टर समय अभावका कारण गोरक्षेपसम्म जान नसक्दा लुक्लामै बास बसेको थियो । भोलिपल्ट बिहान लुक्लाबाट उक्त हेलिकोप्टर गोरक्षेपतर्फ गएको हेली एभरेस्टका पाइलट निश्चल केसीले बताए । उद्धारमा प्रयोग भएको हेली एभरेस्टका पाइलट केसीले अन्नपूर्णसँग भने, ‘मलाई चार बजे खबर आयो । म उद्धारमा गएँ तर समय अभावले गोरक्षेप पुग्न नसकी लुक्ला बसेर बिहानै उद्धार गरेको थिएँ ।’

उद्धारपछि लुक्ला ल्याएर उपचारका लागि पासाङ ल्हामु अस्पतालमा भर्ना गरे पनि आइतबार बिहान ७ः३० बजे ती पर्यटकको मृत्यु भएको जानकारी लुक्ला प्रहरीले दिएको छ । आधारशिविरतर्फ हिँडेका चार चिनियाँ टोलीका तीनजना सकुशल फर्केका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
ट्राफिकलाई यातायातको पत्र:२० वर्ष पुरानो गाडी देखिए कारबाही गर्नू
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
कौशी खेतीका लागि ‘कौसी क्वीन–०७७’ फोटो प्रतियोगिता हुने
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
श्रीमतीको सम्झनामा मन्दिर निर्माण !
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन
कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?

तपाईंले छुटाउनुभयो कि?