उपनिर्वाचन आचारसंहिता लागू

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
६१ पटक हेरिएको
Shares
उपनिर्वाचन आचारसंहिता लागू

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ।
  • शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ।

काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ। शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।

यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो। आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
निर्वाचन आचारसंहितामा निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन प्रयोग गर्न दिन नहुने, पद सिर्जना गर्न नहुने, सरुवा, बढुवा वा काजमा खटाउन नहुनेलगायतका प्रावधान रहेको छ। राजनीति दल, उम्मेदवार, आम सञ्चारमाध्यम तथा गैरसरकारी संस्था, पर्यवेक्षक तथा कर्मचारी आचारजस्ता क्षेत्रलाई सो आचारसंहितालले समेटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजमा विवाहको मान्यता सकिंदैछ :सलमान खान
समाजमा विवाहको मान्यता सकिंदैछ :सलमान खान
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरद्वारा बहिष्कार
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल
माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
पछिल्लो सात महिनाको आर्थिक विश्लेषण:हिमालमा घट्दा तराईमा मूल्यवृद्धि
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान
सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते

तपाईंले छुटाउनुभयो कि?