उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १५, २०७६
|
|
३४ पटक हेरिएको
Shares
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व

सारांश

  • काठमाडौँ ।
  • शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ।
  • प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ।

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ। प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ।

मार्तडी :

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पाटी ९नेकपा०का मनराज बुढा विजयी भएका छन् ।

बुढाले ३६७ मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २१ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कूल एक हजार ३९ मतदाता रहेकामा ७२७ मत खसेका थिए । तीमध्ये विजयी बुढा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खम्म नेपालीसँग ३५ मतान्तरले पराजित भएका थिए । वडाअध्यक्ष नेपालीको गत वर्ष असार १३ गते जीप दुर्घटनामा मृत्यु भएको थियो।

दाङ :

घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका ताराबहादुर डाँगी विजयी भएका छन् ।

डाँगी एक हजार २२२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी एक हजार ११७ मत प्राप्त गरी पराजित भएका छन् ।

चार हजार ४५३ मतदाता रहेकामा तीन हजार २२६ मत खसेका थिए जसमा ६८ मत बदर भएको थियो।

गएको निर्वाचनमा सो वडामा नेकपा एमालेका लछिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि अहिले वडामा उपनिर्वाचन भएको हो।

राजविराज :

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएकी छिन् ।

मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका साझा महिला उम्मेदवार प्रमिलादेवी यादवले ५४० मत ल्याएर विजयी भएकी छन् ।

उनले प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई ११ मतले पराजित गर्दै महिला उम्मेद्वार प्रमिलादेवी विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

मेलम्ची :

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को अध्यक्षका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केदारनाथ आचार्य विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका अशोक तामाङलाई पराजित गरेका हुन् । आचार्य ७१२ मत ल्याएर विजयी भएका हुन् । तामाङले भने ४३९ मत प्राप्त गरेका छन् ।

सो वडामा यसअघि काँग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधनपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

जलेश्वर :

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ को वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार राजपाका उम्मेदवार रामबाबु नायक विजयी भएका हुन् ।

राजपाका रामबाबु नायक ३७५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

यस्तै बलवा नगरपालिकाको वडा नं २ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेस पार्टीका विपिन पञ्जियार सुडी ४६१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए।

अर्घाखाँची :

मालारानी गाउँपालिका–३ मा नेपाली काँग्रेसका उम्मेदवार शोभाखर खनाल एक हजार १५९ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमलाल खनालले एक हजार ५३ मत प्राप्त गरेका थिए ।

रौतहट :

गडीमाई नगरपालिका–२ मा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दीपेन्द्र श्रेष्ठ ७७१ मत प्राप्त गरी विजयी भएका छन् ।

श्रेष्ठ १७५ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जवार मियाले ५९६ मत प्राप्त गरेका थिए ।

बनेपा :

वडाध्यक्ष पदका लागि धुलिखेल नगरपालिका–२ मा नेकपाका देवप्रसाद कोइराला ८६७ मत प्राप्त गरी विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका थिए ।

गुल्मी :

रुरु क्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवार गिरीप्रसाद सिञ्जाली विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई पराजित गरेका हुन् । सिञ्जालीले ८०२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नदर्लामीले ७२७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत राजेन्द्र पोखरेलले बताए ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पूर्णबहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

कावासोती :

नवलपरासी पूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन्।

नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन्। उनले कुल ३६७ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तुलबहादुर रानाले २११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए ।

नेकपाका उम्मेदवार मगरले आफ्ना प्रतिद्वन्द्वी रानालाई १३६ मत अन्तरले पराजित गरेका हुन् ।

लहान :

सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका दिलीपकुमार यादव ८२५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका प्रदीपकुमार महतोले ६५४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजकुमार मुखियाले ६१५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए ।

नेपाली काँग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उपनिर्वाचन गरिएको हो।

भोजपुर :

पौवादुङमा गाउँपालिका–१ को वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जीतेन्द्र राई नेपाली काँग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीलाई ४३७ मतान्तरले हराउँदै विजयी बनेका हुन् ।

राईले ६९१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कार्कीले २५४ मत प्राप्त गरेका छन् ।

बैतडी :

यहाँका तीन वडामध्ये दुई वडामा नेपाली काँगे्रस र एक वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयी हात पारेको छ।

गए राति सम्पन्न मतगणनामा दोगडाकेदार गाउँपालिका–४ मा काँग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौँडी गाउँपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् ।

अन्तिम मत परिणाममा दोगडाकेदार–४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्दी नेकपाका नरेन्द्रप्रसाद भट्टलाई १०० मतले पराजित गरेका हुन् ।

एक हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गरेका थिए ।

यस्तै पुर्चौंडी–४ मा नेकपाका धानुक १०५ मत बढी मत ल्याएर विजयी भएका छन् । एक हजार ३३० मतमा विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका थिए ।

सुर्नया–१ मा काँग्रेसका उम्मेदवार चन्द ४३८ मतमा २१९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक
राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने

तपाईंले छुटाउनुभयो कि?