‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३, २०८०
|
|
५९ पटक हेरिएको
Shares
‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’

सारांश

  • दाङ ।
  • दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन ।
  • विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए ।

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए ।

“हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”, उनले भने, “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।” वडा नं १ मा मात्रै पाँच/सातवटा त्यस्ता बस्ती रहेको उनले बताए । त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पु-याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताए ।

ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताए । “अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन”, उनले भने “ती बस्तीमा लक्षित गरी विकास पु-याउन हामी पहल गर्छौँ ।”

सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । “बजार आउने–जाने काम परिरहन्छ”, उनले भने, “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।”ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
‘ओली राष्ट्रवादी भन्ने ठूलो भ्रम पर्‍यो, माकेले अब हामी जनयुद्धको उत्तराधिकारी हो भन्न मिल्दैन: मोहन वैद्य
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?
शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते
शैक्षिक भ्रमणमा हिँडेको स्कुल बस दुर्घटना, ४० घाइते
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

तपाईंले छुटाउनुभयो कि?