एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ९, २०७५
|
१
|
५२ पटक हेरिएको
Shares
एकताको घोषणा गर्ने भनेकै दिन माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

सारांश

  • काठमाडौं, ९ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले एमालेसँगको पार्टी एकताको घोषणा गर्ने भनेकै दिन आज बैशाख ९ गते प्रतिशतका आधारमा समिति निर्माण नगर्ने भएको छ ।
  • माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको पूर्ण बैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुने बताएका हुन् ।

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले एमालेसँगको पार्टी एकताको घोषणा गर्ने भनेकै दिन आज बैशाख ९ गते प्रतिशतका आधारमा समिति निर्माण नगर्ने भएको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको पूर्ण बैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुने बताएका हुन् ।

बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुने भन्दै अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुराकानी गरेको जानकारी दिए । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले ब्रिफ्रिङ गरेका थिए ।

दुई दलका शीर्ष नेताले आज एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन आजैको मितिमा एकताको घोषणा गर्ने तयारी थियो । तर केही विषय नमिलेपछि एकता घोषणाको मिति टरेको थियो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् । हिजोमात्रै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुबै अध्यक्षबीच वार्ता भएको थियो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Ghimire

    आफु चै आराम दायी सोफामा , बुडा मान्छेलाई सन्मान दिनएको देखाउन छेउमा तर प्लास्टिक को कुर्सी , चकटी बेगर को ।हैट ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक
प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
आइईएमआइएस सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने १५ विद्यालय कारबाहीमा
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
एमालेबाट निर्वाचित वडाध्यक्षलाई बलात्कारको आरोप लागेपछि…
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी
गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай

तपाईंले छुटाउनुभयो कि?