एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

सारांश

  • चितवन।
  • कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ ।
  • पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

चितवन। कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ससवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए । उनले भने “सीप भएका मानिसलाई कामको दुःख छैन । ”

कालिका–४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गौतमले जानकारी दिए । व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?