एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !

सारांश

  • काठमाडाैँ ७ कात्तिक ।
  • वेस्ट इण्डिज विरुद्ध चलिरहेकाे दाेस्राे एकदिवसिय क्रिकेटमा सतक बनाउँदै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले किर्तिमान बनाएका छन् ।
  • उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गरेका हुन् ।

काठमाडाैँ ७ कात्तिक । वेस्ट इण्डिज विरुद्ध चलिरहेकाे दाेस्राे एकदिवसिय क्रिकेटमा सतक बनाउँदै भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले किर्तिमान बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पूरा गरेका हुन् । यसअघि याे किर्तिमान भारत कै सचिन तेन्दुल्करकाे नाममा थियाे । सचिनले २५९ खेलमा १० हजार रन पूरा गर्दा ३० वर्षीय विराटले २०४ पारीमा यो लक्ष्य हासिल गरेका हुन् ।

वेष्ट इन्डिजविरुद्धको खेलमा ८१ रन जोडेपछि उनको १० हजार रन पूरा भएको हाे । विराटले १५४ एकदिवसीय पारिमा १० हजार रन पूरा गरेका हुन् । साेही खेलमा उनले अाफ्नाे ३७ अाैँ सतक पनि पुरा गरेका छन् ।

यसैगरी कोहली वेस्ट इन्डिजविरुद्ध सबैभन्दा बढी रन बनाउने भारतीय ब्याट्सम्यान पनि बनेका छन् । विशाखापट्नममा जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विराटले यो रेकर्ड पनि सचिनकै तोडेका हुन् ।  सचिनले वेस्ट इन्डिजविरुद्ध ३९ पारिमा १५७३ रन बनाएका थिए भने विराट २९ पारिमै उनको रेकर्ड ब्रेक गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?