एक इन्जिनियरको स्रोत नखुलेको सम्पत्ति ३ करोड

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एक इन्जिनियरको स्रोत नखुलेको सम्पत्ति ३ करोड

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरलाई ३ करोड भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
  • निर्माण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुख दिई आजित बनाएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन थालेको थियो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरलाई ३ करोड भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

निर्माण व्यवसायीहरुसँग बिभिन्न बहानामा रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुख दिई आजित बनाएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन थालेको थियो ।

छानविनमा ठाकुरको ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएपछि आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

ठाकुरले सार्वजनिक पदमा बहाल रहदा सार्वजनिक पदधारण गरेपछि परिवारका सदस्यको चल अचल सम्पत्ति, शेयर लगानी, बिमा, बैङ्क मौज्दात, लगायतका शीर्षकमा गरी झण्डै ४ करोड रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

ठाकुरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू निजको श्रीमती अनिता ठाकुरको नाममा राखेको देखिएको साथै निजले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य ब्यक्तिहरू सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाको नाममा खातामा लुकाइ छिपाइ राखेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गरी पाउन मागदाबी लिएको र सो चल अचल सम्पत्तिहरू जफत गर्ने भन्दै अनिता ठाकुर, सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हालाई समेत प्रतिवादी बनाइ आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?