प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।
  • पछिल्लो समयमा उनीहरु एक्लाएक्लै वार्तामा व्यस्त देखिएका छन् ।

काठमाडौं, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । पछिल्लो समयमा उनीहरु एक्लाएक्लै वार्तामा व्यस्त देखिएका छन् ।

यसअघिका समयमा दाहाल ओलीनिवास बालकोट पुग्ने गरेपनि आइतबार बिहान भने ओली दाहाल निवास खुमलटार पुगेका हुन् ।

पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी अध्यक्षबीच एक्काएक्लै वार्ता बाक्लिएको छ । शुक्रबार चितवनबाट फर्केपछि ओली दाहालको भेटघाट बाक्लिदैँ गएको छ ।

भेटघाटका क्रममा प्रदेशभा निर्वाचनलगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र कार्यदलको बैठक सरेको छ । अाइतबार ११ बजे बस्ने भएपनि ३ बजेका लागि बैठक सरेको हो ।

मुख्यमन्त्री लगायतका विषयमा अध्यक्षद्वय केपी अोली र पुष्पकमल दाहाल प्रचण्डको मोटोमोटी सहमति भएपनि सभामुखको बिषयमा कुरा नमिल्दा बैठक सरेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?