भदौरे झरी केही दिनका लागि सामान्य बन्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १६, २०७८
|
|
६७ पटक हेरिएको
Shares
भदौरे झरी केही दिनका लागि सामान्य बन्दै

सारांश

  • मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ ।
  • गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा भारी वर्षा हुने छैन ।
  • बागमती प्रदेशमा अबको एक दिन अझै भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको भदौरे झरी एक–दुई दिनका लागि सामान्यतर्फ उन्मुुख भएको छ । गत हप्ता निकै सक्रिय बनेको न्यून चापीय रेखाको प्रभाव कमजोर बनेपछि एक–दुई दिनका लागि देशका अधिकांश भू-भागमा भारी वर्षा हुने छैन ।

बागमती प्रदेशमा अबको एक दिन अझै भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि कमजोर भएको प्रणालीले एकाध दिन विश्राम लिनेछ । यसका कारण अबको केही दिन आकाशमा घाम अलिक बढी देखिन पाइने छ ।

अर्को न्यून चापीय रेखामाथि सर्दै आउने क्रम जारी रहेकाले केही दिनपश्चात् फेरि मनसुन सक्रिय हुने सम्भावना रहेको जनाइएको छ । अझै एक महिना पूरै मनसुनकै महिना भएकाले अबको १५ दिन थप सक्रिय हुने सम्भावना बलियो रहेको छ । त्यसपछि बिस्तारै मनसुन कम हुनेछ ।

विगत २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसले मानवीय क्षति पु(याएको छैन । दार्चुलामा पहिरोमा परी एक जना घाइते भएबाहेक अन्य क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै
काँग्रेसले पदाधिकारी मनोनयन गर्र्दै
सयपत्री युकेको नेपालमा शाखा विस्तार
सयपत्री युकेको नेपालमा शाखा विस्तार
आयोजनाकै जिल्लामा लोडसेडिङ :विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ
आयोजनाकै जिल्लामा लोडसेडिङ :विद्युत् आयोजनाको जिल्ला भनेर लमजुङलाई चिनिन्छ
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
सन्दीप लामिछानेमाथि कर छलीमा अनुसन्धान ?
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत

तपाईंले छुटाउनुभयो कि?