नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

सारांश

  • गोरखा ।
  • पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
  • केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् ।
गोरखा । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् ।
 देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हँुदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन्् । पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए ।
त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशील नयाँशक्ति पार्टीका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए ।उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँशक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिपक मनाङे अब नायक
दिपक मनाङे अब नायक
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
दण्ड गृहबाट पुनःस्थापना केन्द्रतर्फ बाल सुधार गृह: मन्त्री वादीद्वारा शिक्षा र एआई सीपसहितको रूपान्तरण योजना सार्वजनिक
एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
जन्मकैदको फैसला भएको २० वर्षपछि पक्राउ
सातै प्रदेशका सभामुख उपसभामुखको गुनासै गुनासा
सातै प्रदेशका सभामुख उपसभामुखको गुनासै गुनासा
प्रजातन्त्र दिवस मनाउन समिति गठन
प्रजातन्त्र दिवस मनाउन समिति गठन
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 

तपाईंले छुटाउनुभयो कि?