एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०८०
|
|
५३ पटक हेरिएको
Shares
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण

सारांश

  • काठमाडौँ ।
  • ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् ।
  • ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

काठमाडौँ । ललितपुरका एक व्यक्ति रु ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

उनलाई आज ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

एसपी कार्कीका अनुसार नरेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए । मनोज महर्जनले पटकपटक गरी एक करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो ।

उनको घरमा खानतलासी गर्दा सात करोड २८ लाख ७७ हजारको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताए । ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेको छ ।

यस्तै, एक करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंकका चेक तथा सहकारीका चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै उनको साथाट ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ । सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
उदयपुरमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्‍यो (अपडेट)
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै
त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार
त्रिशुलीमा बस खस्यो, १५ जनाको उद्दार
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल
एक वर्षपछि बल्ल सिमकोट पुग्यो चामल
संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

तपाईंले छुटाउनुभयो कि?