एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २०, २०७९
|
|
४१ पटक हेरिएको
Shares
एशियाकप २०२२: भारतमाथि पाकिस्तानको रोमाञ्चक जीत

सारांश

  • काठमाडाैं।
  • पाकिस्तानले टी-ट्‍वान्टी एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ।
  • भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

काठमाडाैं। पाकिस्तानले टी-ट्‍वान्टी एशियाकप २०२२ को सुपर फोरमा भारतमाथि पाँच विकेटको रोमाञ्चक जीत हात पारेको छ। भारतसँगको पहिलो खेलमा हार व्यहोरेको पाकिस्तानले गएराती सम्पन्न सुपर फोरमा भारतलाई पराजित गर्दै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ।

दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रनको बलियो लक्ष्य बनाएको थियो। भारतका पूर्व कप्तान विराट कोहलीले सर्वाधिक ६० रन बनाएका थिए। भारतको सुरुवाती ब्याटिङ निकै राम्रो देखिएपनि मध्यक्रममा ब्याटिङ लाइन खस्किएको थियो।

१८२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९ दशमलव ५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि भारत पाँच विकेटले पराजित हुन पुगेको हो।

पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले ५१ बलमा दुई छक्का र छ चौकासहित सर्वाधिक ७१ रनको पारी खेलेका थिए। अब पाकिस्तान र भारतले अफगानिस्तान र श्रीलंकासँग २-२ खेल खेल्नेछन् । शीर्ष स्थानमा रहने दुई टोलीबीच आउँदो आइतबार एशियाकपको फाइनल खेल खेलिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
काठमाडौँ उपत्यकामा बिहिवार एकैदिन थपिए ३७७ कोरोना संक्रमित
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
चिनिया याेजना रद्द गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर
चिनिया याेजना रद्द गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
बल्खु हिडेकी किशोरी ८ दिनपछि घर, सामुहिक बलात्कारमा ड्राइभर र खलासी संलग्न
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
आज बिजोर नम्बरका मात्र सवारी चल्ने
संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी
संविधानभित्र रहेर जनमत संग्रह गर्न सबै तयार हुनुपर्छ : डा. लोहोनी