एक जना विद्यार्थी पढाउन पाँच शिक्षक !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
एक जना विद्यार्थी पढाउन पाँच शिक्षक !

सारांश

  • जाजरकोट, १७ साउन ।
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
  • उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् ।

जाजरकोट, १७ साउन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।

स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ । विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अविभावक भीमबहादुर उखेडाले बताए।

विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिइन्। विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उहाँको आरोप थियो । विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?