एनआरएनएको विवाद समाधान

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३, २०८०
|
|
६३ पटक हेरिएको
Shares
एनआरएनएको विवाद समाधान

सारांश

  • काठमाडौँ ।
  • गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ ।
  • दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो ।

काठमाडौँ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा आज सहमति भएको हो । दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमतिसमेत भएको एनआरएनएले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा दुई समूहमा विभाजित एनआरएनए एक भएका हुन् । एनआरएनएको विवाद मिलाउन पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समेत भूमिका खेल्नुभएको थियो । आइतबार दुबै समूहबीच भएको वार्तापछि प्रधानमन्त्री दाहाल र उपमहासचिव शर्माको उपस्थितिमा दुई समूहले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले दुई समूह भएका कारण सरकारलाई समन्वय गर्न असहज भएको उल्लेख गर्दै एक ठाउँमा आएकामा खुसी लागेको बताए । दुई समूहको विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई एउटै बनाउन उनले सुझाव दिए ।

विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन अध्यक्ष डा बद्री केसी र विनोद कुँवरले लामो समयदेखि वार्ता तथा संवादलाई जारी राखेको जारी विज्ञप्तिमा उल्लेख छ । एनआरएनएका अभियन्ता जानकी गुरुङ र डिबी क्षेत्रीको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सहमतिअनुसार आगामी अक्टोबरमा ११औँ महाधिवेशन र निर्वाचन हुनेछ ।

(https://fii-institute.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !
प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
‘प्रत्यक्षतर्फको नतिजा साताभित्रै’
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
राहत प्याकेजसहित आज प्रधानमन्त्रीले राष्ट्रको नाममा संबोधन गर्दै
जन्मदिनमा प्रतिभाशाली बालिका प्रज्नाको फर्कि आउ सार्वजनिक
जन्मदिनमा प्रतिभाशाली बालिका प्रज्नाको फर्कि आउ सार्वजनिक
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने

तपाईंले छुटाउनुभयो कि?