एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २७, २०७८
|
|
४९ पटक हेरिएको
Shares
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?

सारांश

  • लण्डन।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ।
  • निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन्।

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन्।

निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापा (थापा) ले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन्।

बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा हेमराज शर्मा, जयप्रकाश गुरुङ, ओमनबाट डिबी क्षेत्री लगायत छन्। महिला उपाध्यक्षमा साउदी अरबबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिएकी छिन्। यस्तै अफ्रिकाबाट रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा अमेरिकाबाट शंकर खड्का, बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, क्यानाडाबाट चिरनजीवी घिमिरेले उम्मेदवारी दिएका छन्।

महिला सचिवमा हङकङबाट राधिका गुरुङले उम्मेदवारी दर्ता गराएकी छिन्। महिला सहकोषाध्यक्षमा अमेरिकाबाट युमना भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन्। युवा संयोजकमा डेनमार्कबाट रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् । महिला संयोजककमा बेलायतबाट संगिता मरहठ्ठाले उम्मेदवारी दर्ता गराएकी छिन्।

युरोप क्षेत्रीय संयोजकमा जर्मनीबाट सन्तोष भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । ओसिनिया क्षेत्रीय संयोजकमा भने अष्ट्रेलियाबाट दिनेशराज जोशी र न्यूजील्याण्डबाट लाल केसीले उम्मेदवारी दर्ता गराएका छन्। मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदीबाट राजेन्द्र अर्याल (जोन) को उम्मेदवारी परेको छ।

एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा जापानबाट पारसमणि पोखरेलले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । एसिया प्यासिफिक महिला संयोजकमा मकाउबाट शान्तिदेवी अधिकारीले उम्मेदवारी दिएकी छिन्।

युरोप क्षेत्रीय उपसंयोजक पदका लागि जर्मनीबाट नवराज रोसायर र बेलायतबाट ललित न्यौपाने र सागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दलिवल खड्का र चीनबाट नवीन विकले उम्मेदवारी दिएका छन् । संघको नयाँ नेतृत्वको लागि अनलाइन मार्फत निर्वाचन गराउने जिम्मा अष्ट्रेलियन कम्पनीले जिम्मा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा
यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
हामी मधेसलाई सम्बोधन गर्ने कोसिसमा छौँ : प्रचण्ड
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
लेटाङमा झडप हुँदा महिला प्रहरीको ज्यान गयो
गोकर्ण रिसोर्टको म्याद थपको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि

तपाईंले छुटाउनुभयो कि?