एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
विराटनगर : मोरङको अतिनै दुर्गम र विकट एवं क्षेत्रफलका हिसाबमा जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका केरावारीको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। यस अघिका कुनै पनि निर्वाचनमा कांग्रेसले यहाँबाट विजय हासिल गर्न सकेको थिएन।
एमालेको प्रभाव क्षेत्रका रुपमा चिनिने केरावारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रोहित कार्की विजयी हुनु भएको हो। सोमबार साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार कार्कीले ५ हजार ४ सय ९९ मत ल्याउनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन थापामगरले पाँच हजार २ सय १७ मत मै चित्त बुझाउनु परेको छ।
उपमेयरमा भने एमालेकी शान्ति लिम्बू पाँच हजार ७ सय ४७ .मत ल्याएर विजयी बन्नु भएको छ। उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कल्पना राई (कटुवाल) ले चार हजार ६ सय १२ मत ल्याउनु भएको छ।
प्रतिक्रिया