एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ९, २०८१
|
|
७७ पटक हेरिएको
Shares
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार

सारांश

  • काठमाडाैं।
  • सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ।
  • आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।

काठमाडाैं। सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ।

आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।

शुक्रबार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ। शुक्रबार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो। एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए।

नेकपा एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे। काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे।

उनले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय होइन। महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्नेकुरा थाहा पाउनुपर्छ। यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ। मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन। जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला । सामान्य प्रशासनिक कुरा पनि बुझ्नुहोला । यो बिल्कुल स्टन्टबाजी हो । कार्यक्रम सकिएपछि सफा गरिएको छ । त्यो चिठी अघिल्लो दिन नै प्रिन्ट गरेर राखिएको छ । कार्यक्रम नसकिँदै चिठी मिडयामा लगिएको छ । एमालेको इतिहास हेर्नुस्, एमालेले कहिले पनि आफूले कार्यक्रम गरेको ठाउँमा फोहोर छोडेको छैन ।’

कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाई गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ३० गते शुक्रबारको राशिफल यस्तो छ
प्रहरी हवल्दारले १ लाख घुस लिएपछि…
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
‘साइलेन्ट किलर’ बन्दैछ मधुमेह
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार : परराष्ट्रमन्त्री
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार
जेन–जी समूहले केपी ओली र रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

तपाईंले छुटाउनुभयो कि?