सिटीको सानदार जित, टोटनहम रोकियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ११, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सिटीको सानदार जित, टोटनहम रोकियो

सारांश

  • काठमाडौं।
  • फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ।
  • घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो ।

काठमाडौं। फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ। घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए।
सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ।
लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो। आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्‍याे। अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले।[image: City-Rodri-grealish.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
मल वितरण प्रभावकारी बनाउन सांसदहरूको जोड
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु
सडकका बेवारिसेलाई आश्रमको राहत
सडकका बेवारिसेलाई आश्रमको राहत
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
महोत्सव किङको भोजपुरी गीतले बजार तताउदै
सुनको मूल्य प्रतितोला २ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो
सुनको मूल्य प्रतितोला २ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट
साठी लाखको भ्याकुल लोडरमा आगजनी गरी नष्ट
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
रुख काट्न नपाउँदा सडक कालोपत्रको काममा ढिलाइ
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न

तपाईंले छुटाउनुभयो कि?