एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
एमाले खोटाङद्वारा उनन्तीस जनाको नाम सिफारिस

सारांश

  • खोटाङ, २१ असोज  ः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ ।
  • सदरमुकाम दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म बसेको जिल्ला कमिटीको बैठकमार्फत उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
  • प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिनुभयो ।

खोटाङ, २१ असोज  ः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) ले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ ।

सदरमुकाम दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म बसेको जिल्ला कमिटीको बैठकमार्फत उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिनुभयो । समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनिषा राईको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

बैठकले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट सांसद पाँचकर्ण राई, प्रदेश सदस्य हरि पोखरेल, जिल्ला उपसचिव कुमारप्रसाद आचार्य, प्रदेश सम्पर्क कमिटी सदस्य वीरबलकाजी राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ का लागि पूर्व सभासद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राई तथा समानुपातिकतर्फ देवीप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशीला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको छ । निर्वाचनमा टिकट दाबी गर्नेको संख्या बढी भए पनि टिकट पाउने उम्मेदवारलाई सहयोग गरेर जाने लिखित निर्णय भएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।

काँग्रेस र माओवादी केन्द्रले भने यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् । जिल्लाका अन्य साना दलले भने अहिलेसम्म सिफारिस गर्न सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
बीआरआई सहमतिबारे देउवा अनभिज्ञ
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
प्रारम्भिक मतपरिणाम सार्वजनिकः एमालले लियो अधिकांश ठाउँमा अग्रता !
मन्त्री अधिकारीसहित सातै जानकाे शव आज काठमाडौँ पठाइँदै
मन्त्री अधिकारीसहित सातै जानकाे शव आज काठमाडौँ पठाइँदै
मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?

तपाईंले छुटाउनुभयो कि?