एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
सारांश
- गृह मन्त्रालयले केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा गरेको छ ।
- सरुवा गरिएका अनुसार अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमुख फेरिएका छन् ।
- काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदीलाई सरुवा गरिएको छ ।
गृह मन्त्रालयले केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा गरेको छ । सरुवा गरिएका अनुसार अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमुख फेरिएका छन् ।
काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदीलाई सरुवा गरिएको छ । उनी केन्द्रीय प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

त्यस्तै अपराध महाशाखाका एसएसपी सहकुल थापालाई जिम्मेवारी दिइएको छ । उनी प्रदेश नम्बर १ तालिम केन्द्रमा कार्यरत थिए । उनको इन्चार्जबाटै इन्चार्जमै सरुवा भएको छ ।
परिसरका एसएसपी बसन्त लामाको लागूऔषध नियन्त्रण ब्यूरो र अपराध महाशाखाका प्रमुख धिरज सिंहको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । सिंहले महाशाखाको नेतृत्व सम्हालेको एक वर्ष भएको छ भने लामाको आठ महिनामा नै सरुवा भएको छ ।
केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी उमेशराज जोशीलाई दिने तयारी छ ।
प्रतिक्रिया