एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
एसिसी महिला एसिया कपः नेपाल पाकिस्तानसँग पराजित

सारांश

  • काठमाडौं।
  • एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
  • श्रीलंकको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो।

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

श्रीलंकको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो। जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछाएको पाकिस्तान ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा सर्वाधिक ५७ रन बनाइन्। यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन्। नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो।

नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे। पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन।

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान दुई दुई अंक जोडेका छ्न्। पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराउँदा पाकिस्तान भारतसँग सात विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?