ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १७, २०७४
|
|
६२ पटक हेरिएको
Shares
ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन

सारांश

  • काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।
  • उनले रुकुम रोल्पामा  लोकतन्त्र तथा गणतन्त्र  आउनु  परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्।
  •  नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले  शनिबार  राजधानीमा आयोजना गरेको कार्यक्रममा  बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा  गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन ।

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी आधार इलाका मानिने रुकुम रोल्पामा अझैं पनि बहुदल नआएको बताएका छन् ।
उनले रुकुम रोल्पामा  लोकतन्त्र तथा गणतन्त्र  आउनु  परको कुरा भएको भन्दै बहुदल समेत नआएको दाबी गरेका हुन्।  नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले  शनिबार  राजधानीमा आयोजना गरेको कार्यक्रममा  बोल्दै ओलीले भने , ‘रुकुम रोल्पामा  गणतन्त्र , लोकतन्त्र त के बहुदल पनि आएको छैन ।   रुकुम रोल्पा अझैं पनि आतंकको छाँयामा बाँचेको छ।’
उनले रुकुम र रोल्पामा  आएको मतपरिणामलाई संकेत गर्दै  बहुदल पनि नआएको स्थानमा पनि एमालेले जित्नु चानचुने कुरा नभएको बताए ।   रोल्पाको एक स्थानीय तहमा एमालले जित्दा निर्वाचनमा रुकुमको सबै स्थानीय तहमा  र रोल्पाका अधिकांश स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ ।
ओलीले  एमालेको देशव्यापी जितलाई  कसैले रोक्न नसक्ने भन्दै कसैले मतगणनामा बखेडा झिके त्यो स्वीकार्य नहुने बताए । ‘एउटा वडा एमालेले जितेको छैन’, सिडिओ सारौं एसएसपी सारौं भन्छन्  । गृहजिल्ला झापाको दमकको मतपरिणाम विवादलाई संकेत गर्दै ओलीले भने, ‘ फेरि उनीहरु नै एउटा वडा एमालेले नजित्दैमा ओली चिन्तामा डुब्यो भनेर पूरै हल्लाखल्ला गर्छन्  । ’
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘कृतिम सरकार’ को संज्ञा दिँदै ओलीले  सरकारले तराई पहाड छुट्याउन असोज २ सम्मलाई निर्वाचन सारेको आरोप लगाए ।  उनले देउवा सरकार ब्याक फोर्सको आडमा चलेको समेत दाबी  गरे ।  उनले कांग्रेसले आफूलाई लोकतान्त्रवादी भएको भन्दै ठूला कुरा गरेपनि असली लोकतन्त्रवादी एमाले भएको समेत दाबी गरे ।
कार्यक्रममा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकामा   विजयी जनप्रतिनिधिलाई ओलीले सम्मान गरेका थिए भने उनीहरुलाई  राष्ट्रियता, स्वतन्त्रता, सार्वभौभिकता,  भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा  हुने गरी जनताको काममा लाग्न  निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?