ओली-प्रचण्ड दिनहुँ भेट, परिणाम शून्य

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन १४, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १४ ।
  • मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन।
  • अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ।

काठमाडौं, असोज १४ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ। त्यही कारण मंगलबार पनि सहमति जुट्न सकेन।

ओली पक्षका एक स्थायी समिति सदस्यले दिनहुँको छलफल सकारात्मक भए पनि परिणाम भने शून्यको अवस्थामा रहेको बताए।प्रधानमन्त्री ओलीले रिक्त रहेका र टुक्र्याइने तीन मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जाने विधिको कुरा गरिरहेका छन्।

अर्का अध्यक्ष दाहालले भने केही अपवादका बाहेक व्यापकतामा मन्त्रीहरूको पुनर्गठनको प्रस्ताव राखेका छन्।‘समग्रमा गर्ने कि अलिकति भन्नेमा दुई अध्यक्षबीच कुराकानी भइरहेको छ। प्रधानमन्त्री अलिकति गरौं भन्नुहुन्छ, दाहालले समग्रमा गरौं भनिरहनुभएको छ’, सचिवालयका एक सदस्यले भने, ‘केही मिलेको छैन। त्यसमै दिनहुँ छलफल जारी छ।’

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउनेरनगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन। उपाध्यक्ष गौतमका सन्दर्भमा मन्त्री बन्न पाउनेरनपाउने संवैधानिक प्रश्न सर्वोच्च अदालतमा उठेको छ। गौतमको मुद्दामा दुवै पक्षलाई सर्वोच्चले छलफलका लागि आज बोलाएको छ।

दाहाल गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन्। वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन्। ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान चाहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
अभिनेत्री रेखा थापा पनि एमालेमा प्रबेश गर्ने निष्कर्षमा
अभिनेत्री रेखा थापा पनि एमालेमा प्रबेश गर्ने निष्कर्षमा
चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
कोरोना भाइरस सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ?
बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता
बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता
चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?