गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
गुरुङ भाषा संरक्षणका लागि प्रशिक्षण

सारांश

  • वालिङ, २ पुस, लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ ।
  • तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो ।
  • “प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीन दिने प्रशिक्षण दिइएको हो ।

वालिङ, २ पुस, लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ ।

तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो ।

“प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात ‘शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे हराउँछ’ भन्ने ठानी वालिङमा गुरुङ भाषा अर्थात् खेमा लिपिसम्बन्धी तीन दिने प्रशिक्षण दिइएको हो ।

“हालको वालिङ नगरपालिका ४ बसेनी निवासी पिमबहादुर गुरुङले खेमा लिपिको खोज अनुसन्धान गर्नुभएको देखिन्छ”, परिषद्का केन्द्रीय उपाध्यक्ष लप्टन यामबहादुर गुरुङले भन्नुभयो, “खेमा लिपिको अवधारणालाई देशव्यापी बनाउँदै भाषा संरक्षणका लागि लाग्नु आजको आवश्यकता पनि हो ।”

स्याङ्जाबाट थालनी भएको अभियानलाई देशव्यापीरूपमा विस्तार गर्दै खेमा लिपि संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना बनाएको केन्द्रीय उपाध्यक्ष गुरुङले बताउनुभयो ।

“नयाँ पुस्ताले गुरुङ भाषा अर्थात खेमा लिपि बिर्सिँदै गएको अवस्था छ” प्रशिक्षक भीम गुरुङले भन्नुभयो, “हाम्रो समुदायको मातृभाषाको रूपमा रहेको खेमा लिपि संरक्षण गरी नयाँ पुस्तालाई आकर्षित गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ ।”

प्रशिक्षण कार्यक्रममा स्याङ्जा जिल्लाभरिबाट सहभागी भएकाले आ–आफ्नो टोलमा गएर खेमा लिपिका बारेमा जानकारी गराउँदै तल्लो तहसम्म यस अभियानलाई पु¥याउने र गुरुङ जातिको भाषा खेमा लिपिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको महासचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
3,000 killed in Syria in deadliest month of 2017: monitor
3,000 killed in Syria in deadliest month of 2017: monitor
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
प्रधानमन्त्री दाहाल भरतपुरमा !
प्रधानमन्त्री दाहाल भरतपुरमा !
प्रचण्ड अस्पतालमा !
प्रचण्ड अस्पतालमा !
काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !
काठमाडौं क्षेत्र नं ५ र ७ मा मतगणना स्थगित !