ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ओली भन्छन्- कांग्रेस नेतृत्वको गठबन्धन अलोकतान्त्रिक

सारांश

  • १७ मंसिर, विराटनगर ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् ।
  • उनले हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण भएको दावी समेत गरे ।

१७ मंसिर, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण भएको दावी समेत गरे ।

विराटनगरको पुष्पलाल चोकमा आइतबार विहान आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन भनिएको त्यो लोकतान्त्रिक होइन, अलोकतान्त्रिक, यथार्थमा लोकतन्त्र छाडिसकेको गठबन्धन हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लोकतान्त्रिक गठबन्धनले देश विकास गर्न नसक्ने भएकाले आम मतदाता सचेत हुनुपर्ने धारणा राखे ।

वाम गठबन्धनले मात्र देशको रक्षा र स्वाभिमानलाई उच्च बनाउने दावी गर्दै ओलीले सबै जातजाती भूगोलका समुदायबीच राष्ट्रिय एकताको भावना जगाउन वाम गठबन्धनले मात्र सक्ने दावी गरे । कांग्रेसले बहुराष्ट्र नाम दिएर नेपाली जनतामा विखण्डन ल्याउने प्रयास गरेको आरोप ओलीले लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?