ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कांग्रेस र एमालेको नेतामा हातमा नभएर दलाल र विचौलियाहरुको हातमा राजनीति रहेको दाबी गरेका छन् ।
  • राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कांग्रेस र एमालेको नेतामा हातमा नभएर दलाल र विचौलियाहरुको हातमा राजनीति रहेको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तिनको हातमा राजनीति छैन् । बरु, उनीहरुको राजनीति विचौलिया र दलालहरुको हातमा छ भन्ने कुरा प्रष्टै देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन् । विचौलियाहरुले घुमाएर, विचौलियाहरुले आ आफ्नो घर रातका अध्याँरोमा लगेर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने तिमीहरुलाई यहाँ राख्छौं नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरु भन्दाबाहेक केही पनि देखिएन ।’

उनले माओवादीले सरकार छोड्दै गर्दा जनताप्रतिको निष्ठासहित बाहिरिएको स्मरण गराए । उनले दलाल र विचौलियाले संख्याको तागत देखाएर कांग्रेस–एमालेको सरकार बनाईदिएको भन्दै अब जनताको ताकत देखाउने बेला आएको बताए ।

उनले एकथरीले माओवादी आन्दोलन सिद्दियो भनेर ह्युमिलियट गरेको स्मरण गराए । उनले एकथरीले माओवादीलाई एकचोटी विभाजन गर्न खोजेको पनि सुनाए । उनले भने,‘माओवादी विभाजन गरेर प्रचण्डलाई ह्युमिलियट गर्ने, षड्यन्त्र ठुलै थियो । माओवादी विभाजन गरेर प्रचण्डलाई ह्युमिलियट गरेर भाग्नपर्ने बनाउने, कतिपयले मलाई सुझाव दिए, अब सन्यास लिए हुन्छ भनेर । वैरागीजस्तो, मेरा दिन सिद्दिए भनेर भने हुन्छ भनेर सुझाव दिनेहरु पनि फेला परे । तर, मैले त १८ महिना अगाडि नै माओवादीसामू नयाँ संकल्प र अठोट गरेर हिँडेको थिएँ । सरकारबाट छोड्दै गर्दा प्रतिक्रियावादीहरुलाई चूनौति दिएर निस्किएको थिएँ । त्यही आत्मविश्वासको साथ हामी सबै प्रदेशमा गयौं । अहिले यहाँसम्म आईपुग्दा पार्टीभित्र अभूतपूर्व एकता भएको देख्छु । जनतामा हिजो हामीले गर्न खोजेको राम्रा कामहरु र अहिले एमाले नेतृत्वको सरकारले गरेका नराम्रा कामहरु दुई वटा मिलाउँदा जनताको आशा र भरोसा हामीप्रति बढेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?