ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार फिर्ता गर्ने चालक को हुन् ?

सारांश

  • काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।
  • उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो ।
  • खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफँै पैसा फिर्ता गर्न महाशाखा आउनुभएको थियो ।

काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ ।उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम महानगरीय ट्राफिक महाशाखामा आएर सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो ।

खड्का आज बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफँै पैसा फिर्ता गर्न महाशाखा आउनुभएको थियो । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गर्नुभयो ।

यो पनि पढ्नुहोस

मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो। बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना३८प ५३३२ नंको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख १५०० नंको ट्रक महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ बसामाडीमा एकापसमा ठोक्किएको थियो। सुनारको चितवनस्थित पुरानो मेडिकल कलेज तथा सुवेदीको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार गर्दैगर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?