ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
ओली सरकार २२ सदस्यीय, तीन बाँकी, एमालेबाट ३ दोहोरिए-६ मन्त्री नयाँ

सारांश

  • प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
  • एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मौजुदा मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । तेस्रो विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय पुगेको छ । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पार्टीभित्रको आन्तरिक समीकरणलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।

एमालेबाट ३ दोहोरिए, ६ मन्त्री नयाँ अनुहार
एमालेबाट सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, केन्द्रीय सदस्य रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । तीनै नेता दोस्रोपटक मन्त्री बनेका हुन् । गुल्मीबाट निर्वाचित ज्ञवाली यसअघि पर्यटन र विष्ट ऊर्जा तथा धनुषाबाट निर्वाचित महासेठ सिँचाइमन्त्री बनेका थिए । ओली नेतृत्वको मन्त्रिपरिषद्मा एमालेबाट ३ मन्त्रीले पहिलोपटक अवसर पाएका छन् ।

पोलिटब्युरो सदस्य जगत विश्वकर्मा युवा तथा खेलकुद, केन्द्रीय सदस्य शेरबहादुर तामाङ कानुन तथा न्याय र अर्का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका हुन् । तामाङ सिन्धुपाल्चोक, अधिकारी र विश्वकर्मा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

त्यस्तै, राज्यमन्त्रीहरूमा काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटाले सञ्चार, स्याङ्जाबाट निर्वाचित पद्मा अर्यालले स्वास्थ्य र डोल्पाबाट निर्वाचित धनबहादुर बुढाले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन् । सञ्चारमन्त्री नियुक्त नभएकाले बाँस्कोटाले नै मन्त्रालयको कार्यभार सम्हाल्दै क्याबिनेट सदस्यकै हैसियतमा प्रतिनिधित्व गर्नेछन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गोरे’ उनकै आफन्तकै सहयोगमा पक्राउ
‘गोरे’ उनकै आफन्तकै सहयोगमा पक्राउ
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी
अन्तत : राजपासँग झुके ओली, रेशमलाई शपथ खुवाएर जेल पठाउने तयारी
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे
बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
आगामी वर्षको चैतमा नेकपाको महाधिवेशन हुने !
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
छानबिनमा परेका प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
प्रदेश नं. २ र ५ को निर्वाचन सार्न कांग्रेस बैठकमा प्रस्ताव .बालकृष्ण खाण र डा. प्रकाशशरण महतको असहमति/
गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी