कङ्गोमा इबोलाको प्रकोप

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
१
|
४८ पटक हेरिएको
Shares
कङ्गोमा इबोलाको प्रकोप

सारांश

  • कङ्गो, ३ जेठ ।
  • प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
  • दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

कङ्गो, ३ जेठ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको छ ।

यसअघि यसै महिनाको सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।

परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पु¥याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो ।

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ ।

कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पु¥याइएको छ ।

इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कङ्गोका अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको छ ।

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो ।

यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ αfтєяиσσи <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 4:27 PM ?
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
संविधान सिध्याउन सत्ताधारी सक्रिय : एमालेले कडा प्रतिवाद गर्ने !!!
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु
अब हलो जोत्ने हिरो
अब हलो जोत्ने हिरो
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल
गर्मीमा देखिन्छन् यस्ता समस्याहरु
गर्मीमा देखिन्छन् यस्ता समस्याहरु
साउन महिनामा हरियोको महत्व
साउन महिनामा हरियोको महत्व
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?
समानुपातिकको मतगणना अन्तिम चरणमा, कुन पार्टीको कति मत ?

तपाईंले छुटाउनुभयो कि?